सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१