• २०८३ साउन २
  • 2026 July 18, Saturday

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् ।उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ ।

हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो हटाउनुपर्छ । समयमै ख्याल नगरे हाम्रो पार्टी त्याँ पनि बिग्रिन्छ, यता पनि बिग्रिन्छ र पार्टी नै कमजोर भयो भने केही गर्न सकिँदैन ।’साथै उनले हामी सबैले सचेत भएर काम गनुपर्ने बताए । उनले आत्मसमिक्षा गरेर पार्टीभित्रको समस्या समाधान गरेर समयमै अगाडि बढ्नुपर्ने बताए ।