• २०८३ साउन २
  • 2026 July 18, Saturday

चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको बताएका छन् ।दिपावली, छठ, नेपाल सम्बत्लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतामा एकतालाई जीवन्त बनाउन चाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएका हुन् ।

प्रमुख बस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिका हुने भन्दै दैनन्दिनको कार्यबाट विश्राम लिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझा मूल्य, मान्यता र संस्कारको संरक्षण तथा सम्बद्र्धनमा टेवा पुर्याउने बताए ।

आफन्त, इष्टमित्र, छरछिमेक तथा साथीभाइसँगको मिलनबाट मनमा शान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भाव अभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउन नहुने उनले बताए ।
उनले भने,’चाडपर्व मानव जीवनका अभिन्न अंग हुन् । चाडबाडले आफ्नो मौलिक पहिचान बोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,’