• २०८३ असार १३
  • 2026 June 27, Saturday

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री मोरिसनबाट नेपाली लेखक शिव न्यौपाने पाए प्रशंसा पत्र

काठमाडौं । फालाङ फूड डिक्सनरीका प्रख्यात लेखक शिव न्यौपानेले अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसा पत्र पाएका छन् ।

पूर्व प्रधानमन्त्री मोरिसनको नेतृत्वकालमा बहुसांस्कृतिक खाद्य शब्दकोश लेखेकोमा उनले प्रशंसा पत्र प्राप्त गरेका हुन्।

यसरी पूर्व माननीय प्रधानमन्त्रीले नेपाली लेखकको प्रशंसा गर्नु भनेको नेपालको विश्वव्यापी हैसियत र प्रतिष्ठाको उल्लेखनीय पहिचान भएको उनको भनाइ छ । यस्तै प्रधानमन्त्रीबाट व्यक्तिगत तहमा चिठी पाउनु अन्तर्राष्ट्रिय परिवेशमा कुनै पनि साहित्यिक व्यक्तित्वको असाधारण उपलब्धि प्रति गौरवाम्भित भएको बताए ।

त्यस्तै उनले अटूट प्रतिबद्धताले अस्ट्रेलियामा हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरू माझ अद्वितीय हैसियतलाई जन्म दिएको बताए। नतिजाको रूपमा, २०१५ मा, शिव न्यौपाने फलांग अंग्रेजी शब्दकोश कम्पाइल गर्ने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी बनेका थिए।

नेपाली समुदायद्वारा आयोजित एक कार्यक्रममा उनलाई तत्कालीन अध्यागमन तथा सीमा सुरक्षा मन्त्री तथा अस्ट्रेलियाका वर्तमान उपप्रधानमन्त्री रिचार्ड मार्ल्सले प्रशंसा पत्र प्रदान गरेका थिए ।

शिव न्यौपाने खानाको शब्दकोश लेख्ने पहिलो नेपाली लेखक हुन् । उनी अष्ट्रेलियाको मुख्यधाराको पत्रिकाका लागि लेख्ने पहिलो नेपाली लेखक पनि हुन्।