काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तेस्रोपटक कास्की अदालतले थप १० दिन म्याद थपेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी थप १० दिन म्याद थपेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका रविमाथि अनुसन्धान गर्न पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद, दोस्रोपटक ७ दिन म्याद थपेको म्याद कात्तिक १४ गते सकिए थियो । विचका तिहार बिदा भएकाले मंगलवार म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।