अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने लगभग निश्चित बनेको छ । उनी ४७ औं राष्ट्रपति बन्ने छन् ।
राष्ट्रपति निर्वाचित हुने निश्चित भएकापछि उनलाई बधाई दिनेको ओहिरो लागेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन्।
मोदीले लेखेका छन् ‘धेरै धेरै बधाई मेरो मित्र, तपाइँले प्राप्त गरेको ऐतिहासिक चुनावी जितका लागि। आफ्नो अघिल्लो कार्यकालको सफलतालाई थप मजबुत बनाउने विश्वास सहित शुभकामना।’
‘भारत–अमेरिकाबीचको समग्र सम्बन्ध थप प्रगाढ बन्ने र पुन सहकार्यको आशा राखेको छु।’ उनले विश्व शान्ति र स्थिरता र समृद्दिका लागि मिलेर अघि बढ्ने आशा समेत ट्रम्पसँग राखेका छन्।
