• २०८३ साउन २
  • 2026 July 18, Saturday

रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरेको हो ।जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
कार्यतालीका यसप्रकार छः

प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८ः०० बजेसम्म

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५ः०० बजे सम्म

उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५ः०० बजे सम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते

मतदान/निर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७ः०० बजे सम्म

नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १ः०० बजे