• २०८३ साउन ९
  • 2026 July 25, Saturday

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रका नदी नदी तलाउ र पोखरीमा रातभर जाग्राम बसी शक्रबार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो ।छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो ।

बुधबार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।