• २०८३ असार १४
  • 2026 June 28, Sunday

एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ ।टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए ।‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उनले भने, ञगण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं।

यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौं ।’ जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए । जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए ।कार्यक्रममा पोखरा गीत प्रस्तुत गरिएको थियो ।जर्सी सार्वजनिक कार्यक्रममा १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।