• २०८३ साउन ९
  • 2026 July 25, Saturday

एसीसी यू–१९ एसिया कप २०२४ खेल्ने नेपाली टोलीको नामावली सार्वजनिक

काठमाडौ । एसीसी यू–१९ एसिया कप २०२४ खेल्ने नेपाली टोलीको नामावली सार्वजनिक गरिएको छ ।

२९ नोबेम्वरदेखि ८ डिसेम्बरसम्म यूएईमा हुने यू–१९ एसिया कपमा सामेल खेलाडीको सूचि शनिवार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको हो । हेमन्त धामीको नेतृत्वमा १८ सदस्य टोलीमा रहेका छन् । शक्ति गौचन मुख्य प्रशिक्षक रहेको टोलीमा अर्जुन कुमाल उपकप्तान रहेका छन् ।

यस्तो छ नेपालकाे स्क्वाड
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन बिश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि, रञ्जित कुमार