• २०८३ साउन ९
  • 2026 July 25, Saturday

कामना सेवा फुटसल कप सिजन–४ सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ ।

पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ ।

विजेता तथा उपविजेता टिमलाई बंैकको तफबाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका संचालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्रि नारायण अधिकारीलाई बल हस्तान्तरण गरि कार्यक्रमका शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । पुरुष तर्फ कुल १४ र महिला तर्फ कुल ७ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा बैंकका प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।