महिला साफ च्याम्पियनशिप २०२४ को टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको छ : बरिष्ठ उपाध्यक्ष खडका

काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट विक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको बताएका हुन् ।उनले भने, ‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट विक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएकोले अनियमितता र भष्ट्राचार भएको मेरो बुझाई छ । एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने ठानेर राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’साथै उनले टिकट विक्रीका लागि टेण्डर आव्हान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधान विपरित भएको बताए ।

यस्तो छ बरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाको ठम्याई :
निम्न कारणले गर्दा एन्फालाई ठूलो क्षति पुगेको छ ।

१. एन्फा कार्यसमितिको मिति २०६१ भाद्र ११ र १३ गते सम्पन्न बैठकको निर्णय नम्बर १६ मा साफ लगायत अन्य प्रतियोगिताको गेट टिकटको दररेट निर्धारण तथा व्यवस्थापन गर्नको लागि एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रविण यादव, सुरेश शाह र सजिव पाण्डे सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको थियो ।

२. ७ दिने सूचना नै प्रक्रिया विपरित छ र ७ दिनमा पनि ५ दिन त पर्व विदा नै छ । समयसिमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसंग सम्झौता गर्नु वदनियत देखिन्छ ।टेण्डर दिई सकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शि र स्वार्थ प्रेरित देखिन्छ । एन्फाले टिकट विक्री गर्दा इलष्लिभ उबितायच मार्फत गर्नु पर्नेमा सो समेत गरिएको देखिएन ।

३. माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट प्रा. लि. लाई जुन आरोप लगाएर सम्झौता रद्ध गर्ने निर्णय गरिएको छ। सोही काम एन्फाले दोहोर्याएको छ । फाईनलमाएन्फाले साधारण तर्फ १० हजार र भिआईपी तर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो त्यो आफैले उलङ्घन गरि भिआईपी तर्फ १०८२ साधारण तर्फ १०,१३५ टिकट विक्री गरिएको छ । जुन तथ्य विक्री टिकट नम्बरबाट प्रमाणीत भएको देखिन्छ ।

४. अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ । माथीको निर्णयले एन्फालाई करिव १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाई छ । संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरु गरि किन टेण्डर रद्ध गरियो, वढि टिकट विक्री गर्नुको आशय के हो ? एन्फामा टिकट विक्री वापतको रकम जम्मा भयो भएन ? यी सबै निर्णयहरु गैरकानुनी, प्रक्रिया विपरित र अपारदर्शि भएकोले राज्यका निकायलाई छानवीनका लागि आव्हान गर्न चाहन्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परि सकेकोले गम्भिरतापूर्वक छानवीनका लागि सम्मानीत अख्तियारको ध्यानाकर्षण गर्न चाहन्छु र अन्तमा, महिला साफ च्याम्पियनशिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरुलाई दामासाहीले दिनु पर्दछ भनी जोडदार माग पनि गर्दछु ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१