बागलुङ । जैमिनीमा सोमबार बिहान भएको पीकअप जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो ।
पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुने जैमिनी नगरपालिका–९ केवैका एकै गाउँका रहेका छन् ।
केवैका ४० वर्षका चालक महेन्द्र पुन, ७२ वर्षिय नन्दकली पुन, १८ वर्षकी रोशनी श्रीष, १५ वर्षका निरज श्रीष र ७८ वर्षिय कुलप्रसाद पुनको ज्यान गएको छ।
जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको थियो ।