• २०८३ असार १३
  • 2026 June 27, Saturday

सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ ।

सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले देशमा असाधारण परिस्थिति बन्दै गरेको अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्नेमा पार्टी फुटाउने चर्चा चलिरहेको बताए ।उनले भने, ‘सरकारले अहिले जजसले यो देशमा राम्रो काम गरिरहेका छन् । ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ । देशमा असाधारण परिस्थिति बन्दैछ, यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’

उनले लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको कारण माओवादीले देशव्यापी खबरदारी सभा गर्ने तयारीमा रहेको जानकारी दिए ।उनले भने, ‘राष्ट्रियताको सवाल पेचिलो र जटिल बनेको छ । लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको छ, त्यसैले हामीले देशव्यापी खबरदारी सभा गर्ने तयारी गरेका छौँ ।’उनले ठूला दुई दललले संविधान संशोधनको कुरा गरेर सत्तामा गएको भन्दै संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक बनाई विज्ञहरुलाई मन्त्री बनाउनुपर्छ भन्ने जनमत बनाउन जुट्न्पर्ने उनको भनाइ छ ।