काठमाडौं । मंसिर ७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाको शक्ति प्रदर्शन काठमाडौंमा गर्ने एमालेले जनाएको छ ।
एमालेले सोमबार यसको उद्घोष गर्नुअघिनै केहि महिना अघि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउँ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने बताएका थिए । यसअघि दुर्गा प्रसाईले बल्खुको प्रदर्शनको दिन एमाले निकट युवासँगले कोटेश्वरमा सहि दिननै आन्दोलन गरेको थियो ।
मंसिर ७ मा पनि दुर्गा प्रसाईको आन्दोलनलाई कमजोर बनाउन एमालेले शक्तिप्रदर्शन गर्न लागेको कतिपयको बुझाई छ । एमालेले जनसंगठन र सम्पर्क मञ्चलाई तयारीको जिम्मा दिएको छ । मंसिर ५, ६ गतेपनि सहकारी पीडितहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।