• २०८३ साउन २
  • 2026 July 18, Saturday

रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ।सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लान लागिएको हो ।बुटवल स्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।