• २०८३ साउन २
  • 2026 July 18, Saturday

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन् ।

मंगबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए ।उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु । मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोवल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।’

आफू स्वार्थ समूहका मतियार र विचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने उनको भनाइ छ ।उनले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पारे ।उनले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पारेका छन् ।राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।