कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ

काठमाडौ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ ।

हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ ।पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरु चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै

छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्वीर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् ।
घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोशाकमा सजिएर तस्वीर खिचाउनेहरु अब फोटोबुथ आकर्षणका रुपमा थपिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१