केएमसीको स्वास्थ्य टोली दोलखामा, छ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडाैं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दोलखाको सिंगटीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

कारितास नेपालको आयोजनामा बिगु गाउँपालिकाको सिंगटीमा भएको शिविरमा ६०३ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ जनाको ईसीजी, ११३ जनाको भिडियो एक्सरे गरिएको थियो ।

४३ जनाको दाँत निकालिएको थियो भने ३७ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१