• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम धभिि–दभष्लन’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व मधुमेह दिवस मनाईँदै छ ।

सन् २०२४ देखि २०२६ सम्म यही नारा अन्तर्गत शारीरिक, सामाजिक र मानसिक स्वास्थ्यको पैरवी गरिने आधिकारिक वेबसाइटमा लेखिएको छ । अर्थात्, भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।