काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ ।बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेकोNS 80M2042= Hume Pipe एष्उभ लाई परिमार्जन गरिएको नेपाल गुणस्तर ल्क् डण्ःद्दण्डज्ञ पारित भएको हो । साथैी -block button valve र घरायासी प्रयोजनमा आउने UPVC Pipe fitting को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।
यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित क्ष्क्इ बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।
मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशन दिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।