हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौ । हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१