सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा ताकिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ३७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ सात पैसा, बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६२ पैसा, बिक्रीदर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा, बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा, बिक्रीदर आठ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१