• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रधानमन्त्री ओलीबाट पूर्वसभामुुख ढुुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्वसभामुुख दमननाथ ढुुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।ढुुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुुष्पगुुच्छाबाट सम्मान गरेका हुन् ।

श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व भएको बताए ।

प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाए । ढुुङ्गानाले देखाउनुुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताए ।मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।