• २०८३ साउन २
  • 2026 July 18, Saturday

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासि गरेका थिए ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाए ।नेपाल शाररीक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको सहभागीता थियो ।