दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत, काठमाडौंबाट बुधबार प्रसाईको ५ दिनको म्याद थपिएको हो । साइबर ब्यूरोले उनलाई आज छानविनको लागि म्याद थप्न काठमाडौं अदालतमा पेश गरेको थियो ।

साइबर अपराध सम्बन्धी कसुरमा उनलाई प्रहरीले मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध फेक भिडियो बनाई गम्भीर आरोप लगाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनले भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा करिब ३३ अर्ब लगानी गरेको आरोप लगाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१