• २०८३ साउन १
  • 2026 July 17, Friday

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए ।

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।