• २०८३ साउन ९
  • 2026 July 25, Saturday

काठमाडौंका तीन स्थानमा प्रदर्शन, आवातजावतमा प्रभावित हुनसक्ने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शुक्रबार विभिन्न समूहले आन्दोलन एवं जनसभा गर्दैछन् ।

कोटेश्वरमा दुर्गा प्रसाई समूहको, दरबारमार्गमा एमाले र माइतिघरमा सहकारी पीडितले आन्दोलनको आयोजना गरेका छन् ।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ। प्रसाईं समर्थित समूहले कोटेश्वर, तिनकुने क्षेत्रमा आन्दोलन गर्दै छन् भने सहकारी पीडितले माइतिघर–बानेश्वर क्षेत्रमा रहेर आन्दोलन गर्ने छन् ।

काठमाडौंका मुख्य सडकका मुख्य स्थानमै कार्यक्रम गर्ने भएपछि आवातजावातमा कठिनाइ हुने छ । ट्राफिक व्यवस्थापनको लागि प्रहरीले तयारी गरिसकेको जनाएको छ । ५ हजार प्रहरी परिचालन गरेको र ५ सय ट्राफिक प्रहरी खटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

प्रहरीसँगै सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै सशस्त्र प्रहरी र नेपाल आर्मीपनि खटाइने उनले बताए ।