राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८–११ मंसिर (२३–२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१