• २०८३ असार १२
  • 2026 June 26, Friday

जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रिय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषय अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन् । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ । संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्याउन सहयोग गर्न समेत आग्रह गरे।