• २०८३ असार १२
  • 2026 June 26, Friday

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन ।

गृहमन्त्री लेखकले आईतवार स्थानीय तहका विभिन्न स्थानमा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन ।उनले भने, ‘३३ जिल्लामा ४१ पदका लागि भएको उप–निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ ।

मतदान कार्य शान्तीपूर्ण रुपमा सम्पन्न गर्न सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामति कर्मचारी, संचार माध्यम र सबै दिदि, बहिनी दाजूभाईमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’मन्त्री लेखकले यसअघि निर्वाचन हुने जिल्लाका सुरक्षा अधिकारीहरुलाई उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।