शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन् ।

सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।

सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका छन् ।
यसअघि उनी जल तथा उर्जा आयोगमा सचिव थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१