• २०८३ असार १२
  • 2026 June 26, Friday

नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तरउन्नती हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ । ’

साथै उनले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र विज्ञताको आवश्यक्ता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुले विकासका प्रयासहरुलाई ओझेलमा पारेकाले सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको बताए ।उनले भने, ‘हालको वर्षहरुमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भइ विकासका प्रयासहरुलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरु परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको छ ।’