• २०८३ साउन १
  • 2026 July 17, Friday

वातावरण सरसफाई सचेतनाका लागि फोहोर सङ्कलन दौड

चितवन । वातावरण सरसफाईमा युवाहरुलाई चेतना अभिबृद्धि गर्नका लागि फोहोर सङ्कलन दौड आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका, मेट्स इन्टरनेश्नल, र नेपाल टेलिकमको सहकार्यमा मैनादेवी फाउन्डेसनले यही मङ्सिर २९ गते भरतपुरको व्यस्त सडकमा सो कार्यक्रमको आयोजना गर्न लागेकोे हो ।

कार्यक्रमका व्यवस्थापक अर्जुन अधिकारीले वततावरण सरसफाईमा युवाको भूमिका बुझाउन चितवनमा पहिलोपटक दौडको आयोजना गर्न लागिएको बताए। उनका अनुसार यस दौडमा दुई जनाको समुह निर्माण गरी एक घण्टामा ५ किलोमिटर दुरी पार गरी सडकमा भएका फोहोर टिप्नु पर्ने हुन्छ । उनले भने “जुन समुहले फोहोर धेरै टिप्छ त्यसलाई पुरस्कार समेत व्यवस्था गरेका छौ ।” भरतपुर महानगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको फोहोर टिप्ने दौड कार्यक्रममा चितवन सहित देशका ३ हजार भन्दा बढीको सहभागीता रहने छन् । युवा माझ फोहोर नगरौ भन्ने सन्देश दिन र बातावरण जोगाउदैं खेलसँग जोड्नका लागि दौडको आयोजना गरिएको उनले बताए ।

मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेले क्रमश रु ५०, २५ र १५ हजार प्राप्त गर्ने बताएका छन् । यस अघि दुईपटक सम्म काठमाडौंमा आयोजना गरीएको यस कार्यक्रम अहिले चितवनमा गर्न लागिएको उनले बताए। उनले भने् “युवाहरुलाई सामाजिक काममा प्रेरणा दिनका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।” सरसफाईमा युवाहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए। यो कार्यक्रम मंसिर २९ गते भरतपुर महानगरपालिका १० अरोमा कलेजको मैदानबाट सुरु हुनेछ भने बिहान ७ बजे सबै प्रतियोगी उक्त स्थानमा पुगिसक्नु पर्नेछ। प्रतियोगीतामा भाग लिनका निम्ति गुगल फर्म मैनादेवी फाउन्डेसनको पेजबाट भर्न सकिने छ ।