• २०८३ असार १२
  • 2026 June 26, Friday

जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए सपथ

काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गरेका छन् ।

प्रतिष्ठानका सह–अध्यक्ष समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।

सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहेका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिन्छन् ।