काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसौं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ७ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ४४ रन, अर्जुन घर्तिले २५ रन, बाबर हायतले २० रन र चाडविक वाल्टनले १३ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कर्णालीलाई १३६ रनमा रोक्न लुम्बिनीका विकास आग्रीले ३ विकेट, तिलक भण्डारीले २ विकेट, रेमोन सिमोण्ड, रोहित पौडेल र साद विन जफरले समान १,१ विकेट लिएका छन् ।
लुम्बिनीका टोम मरिसले ३६ रन, सन्दिप जोराले २४ रन, तिलक भण्डारीले ३ रन, अर्जुन साउदले १३ रन, साद विन जफरले १४ रन, रेमोन सिमोण्डले ४ रन, आसुतोष गिरैयाले १६ रन र रोहित पौडेलले १० रन प्रहार गरे ।
कर्णालीका जिसन मक्सुदले २ विकेट, नन्दन यादव, विपिन शर्मा, विलियम बोसिस्टो र सोम्पाल कामीले समान १,१ विकेट लिए ।