• २०८३ साउन १
  • 2026 July 17, Friday

क्षमताका आधारमा पार्टीमा नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निश्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ ।

साथै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी मिति तय गरेको छ ।

यसअघि पुस २ गतेदेखि सुरू हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरी तय भएको प्रवक्ता सापकोटाले बताए ।केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उनले बताए ।