यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ ।यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।साथै घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला १००, लौका ७०,परवर(तराईको) ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१