दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१