बागलुङ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ को आयोजनामा क्षेत्रीय स्तरका वडा, पालिका, र नगरका सभापति र सचिवहरूका लागि एकदिने विशेष प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
पार्टीको संगठन सुदृढीकरण, निर्वाचित जनप्रतिनिधि र पार्टी संरचनाबीच समन्वय, क्रियाशील सदस्यताको व्यवस्थापन र आगामी कार्यदिशा तय गर्ने लक्ष्यसहित आयोजना गरिएको यो कार्यक्रममा क्षेत्र नं. १ का ४ पालिका र ३७ वडाबाट ११८ जना सहभागी थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसको विचार, असल अभ्यास तथा अनुशासनका विषयमा नेपाली काँग्रेसका नेता प्रशिक्षक देवराज चालीसे र जनप्रतीनिधि र पार्टीबीचको सम्वन्ध तथा योजना तर्जुमा, समन्वय, समसामायिक परिवेश र सामाजिक सञ्जालको प्रयोग एवं प्रचार प्रसार सम्वन्धमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहाकार नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभागका सदस्य प्रताप पौडेलले प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै सहभागीहरूले पार्टी संगठनलाई अझ सुदृढ बनाउन विगतका कमजोरीको समीक्षा गर्दै भविष्यका लागि समन्वयात्मक र प्रभावकारी रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले पार्टी र निर्वाचित जनप्रतिनिधिहरूबीच समन्वय अभावले तल्लो तहमा समस्या उत्पन्न भएको र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको समापन सत्रमा गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदी, नेपाली काँग्रेस जिल्ला सचिव एवं वडिगाड गाउँपालिकाका प्रमुख गण्डकी थापा अधिकारी, नेपाली काँग्रेस जिल्ला सचिव एवं जैमीनी नगरपालिका उपप्रमुख हरिहर शर्मा र काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्क थापाले पार्टी संगठनका विभिन्न पक्षबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको समापनका क्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदी, नेपाली काँगैसका जिल्ला सचिव एवं वडिगाड गाउँपालीकाका प्रमुख गण्डकी थापा अधिकारी, नेपाली काँगैसका जिल्ला सचिव एवं जैमीनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली काँग्रेसका नेता एवं काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्क थापालगायतले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ का सभापति चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, स्वागत र कार्यक्रमको उद्देश्य माथी प्रकाश, नेपाली काँग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जित शेरचनको सुरुवात मन्तव्य र नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ का सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमले पार्टी संगठनलाई सुदृढ बनाउँदै, निर्वाचित जनप्रतिनिधिहरू र पार्टी संरचनाबीच सहकार्यका नयाँ ढाँचाहरू निर्माण गर्न योगदान पुर्याउने अपेक्षा गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी गराए ।



