जनकपुरधाममा एक जनाको शव फेला

काठमाडौ । जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ ।जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१