सवारी साधनको प्रदूषण जाँच अभियान प्रभावकारी भएन्, ट्राफिकलाई यन्त्रको अभाव

काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको तथ्यांकहरुले देखाउँछ ।
२०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र गुडने सवारी साधनको प्रदूषण जाँच गरेर अभियान सुरु गरेका थिए ।

जस अन्तर्गत वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको प्रदूषण परीक्षणमा उत्तीर्ण भएपछि मात्र गाडीमा हरियो स्टिकर लगाउने मापदण्ड बनाइएको थियो । परीक्षणमा असफल हुने सवारी साधनमा रातो स्टिकर र रातो स्टिकर भएका सवारी साधनलाई उत्सर्जन मापदण्ड पूरा गर्न ट्युन गर्नुपर्ने व्यवस्था छ ।तर वायु प्रदूषणका कारण यस्तो भयानक अवस्थाबाट गुज्रिरहेको काठमाडौंमा ग्रिन स्टिकर टाँसेर पनि अत्याधिक मात्रामा धुँवा फालेर गुडिरहेका गाडिहरु छ्याप छ्याप्ति देख्न पाइन्छ । सरकारले सुरु गरेको उक्त नियम कार्यान्वयनमा कमजोर देखिएको छ ।अहिले शहरको प्रत्येक प्रमुख स्थानहरुमा उच्चतम प्रदूषणको रेकर्डको साथ जाँचका लागि बसेपनि अत्याधिक धुँवा फालेर गुडिरहेका सवारीलाई कुनै कारबाही गरिसकेको पाइँदैन । सम्बन्धित निकायले पनि सवारी साधन चेकजाँच गर्ने र नियम पालना नगर्नेलाई कारवाही नगरेको गुनासोहरु आउने गरेका छन् ।प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सुरु भएको यो अभियान नै असफल भएको विश्लेषण गरिएको छ ।

सवारीसाधन प्रदूषण ऐन, ०५४ ले राजधानीमा धेरै प्रदूषण गर्ने सवारीसाधनलाई सिंहदरबारदेखि पुतलीसडक चोक हुँदै कमलादी चोकसम्म, एयरर्पोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दरबारमार्ग र नारायणहिटी दरबार क्षेत्र, महानगरपालिका, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा अत्यधिक धुँवा निकाल्ने सवारीलाई प्रवेशमा रोक लगाइएको छ तर राजधानी भित्रिने हजारौँ सवारीसाधनमा भने प्रदूषण जाँच हुँदैन । त्यसैले पनि सरकारले सवारीसाधनको प्रदूषण जाँचलाई प्रभावकारी बनाउन नसकेको यात्रुहरु बताउने गर्छन् ।तर प्रदूषण जाँच केही समय बन्द भएपनि महिना मंसिरदेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही थालिएको ट्राफिक प्रहरीले जनाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) रविन कार्कीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा निश्चित सडक वा मार्गहरुमा दिनमा २० देखि ५० वटा गाडि चेकजाँज गर्नेक्रममा र १० देखि १२ वटा गाडिहरु प्रदूषण फेल भएको भेटिएको जानकारी गराए ।उनले भने,‘मंसिर महिनादेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही हुन्छ । निश्चित बाटो वा सडकका स्थानमा बसेर चेकजाँच गर्छौं । दिनमा २० देखि ५० वटा गाडिहरु चेकजाँज गरिन्छ । जसमा १० देखि १२ वटा गाडिहरु प्रदूषण फेल भएको भेटिएको थियो ।’वातावरण विभाग र ट्राफिक प्रहरीबीचको समन्वयमा जाँच गर्ने व्यवस्था भएतापनि ट्राफिकलाई छुट्टै प्रदूषण जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराएको छैन् ।

आवश्यक उपकरण वा यन्त्रको अभावमा प्रदूषण चेकजाँच प्रभावकारी रुपमा संचालन गर्न नसकेको ट्राफिक प्रहरीहरुले स्वीकार्ने गरेका छन् ।विभागले जहाँ भन्छ त्यहाँ मात्र ट्राफिक जानुपर्ने अवस्थामा रहेको र यसमा विभागको सक्रिय सहभागितम नहुँदा सवारी प्रदूषण जाँचलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको उनको गुनासो छ ।उनले भने,‘यसको प्रतिनिधित्व गर्ने वातावरण विभागले नै हो । हामीले उहाँहरुको समन्वयमा चेकजाँच गरिएको छौं । केही समयदेखि चेकजाँक रोकिएको अवस्थामा थियो । यसमा वातावरण विभागको सहभागिता हुनैपर्छ । हामीसँग टेस्ट गर्ने मेसिन नै छैन् । त्यो वातावरण विभागसँग मात्रै छ । हामीले चाहेर मात्र जाँच गर्न जान सक्ने अवस्था नै छैन् । विभाग नै सक्रिय हुनुपर्ने हो तर तर त्यो खासै देखिदैन् ।’तर वातावरण विभागमा निरीक्षक गोबिन्द प्रसाद लामिछानेले भने ट्राफिक र विभागबीचको समन्वयमा सवारी प्रदूषण जाँचलाई प्रभावकारी रुपमा अगाडि बढाएको दाबी गरे ।

उनले भने,‘हामीले राम्रोसँग ट्राफिकसँगको समन्वयमा नै ठाउँ ठाउँमा चेक जाँच गररिराखेको छौं । प्रभावकारी रुपमा नै अनुगमन र चेकजाँजको काम गरिरहेको छौं । त्यहि स्टिकर टाँसेको तर अत्याधिक धुँवा फालिरहेको गाडिहरुको हकमा पनि हामीले नियन्त्रण गरिरहेको छौं । उपकरण कै कारणले कुनै त्यस्तो समस्या छैन् ।’उनले डिजेल सवारी साधनको हकमा घनत्व ६५ एचएसओ मापदण्ड रहेको भन्दै त्यो भन्दा बढि धुँवाहरु फाल्ने गाडि चाँही जाँचमा फेल हुने जानकारी दिए । साथै, पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साईड र हाईड्रो कार्बनको मापदण्ड रहेकोमा अहिले विभागले डिजेललाई नै फोकस गरेको पनि बताए ।उनले भने,‘डिजेल सवारी साधनको हकमा घनत्व ६५ एचएसओ छ ।

मापदण्ड त्यो भन्दा बढि धुँवाहरु फाल्ने गाडि चाँही फेल हुन्छ । हामी छड्के जाँच गरिरहेका छौं । पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साईड र हाईड्रो कार्बनको मापदण्ड छ । अहिले हामीले डिजेललाई नै फोकस गरेको छौं ।’प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले सवारी प्रदुषण जाँचको अभियान सञ्चालन गरेको भएतापनि नागरिक आफैं सचेत हुनुपर्ने उनी बताउँछन् ।उनले भने,‘हरियो स्टिकर टाँसेको र त्यसको मिति पनि छ र तर अत्याधिक मात्रामा धुँवा फालेको छ भने त्यस्तो अवस्थामा भेटायौं भने सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउने अथवा लापरवाहीको कारवाही गरिरहेका छौं । ग्रीन स्टिकर टाँसेर पनि धुँवा अत्याधिक फालिरहेको छ । गाडिले भने त्यो त नागरिक नै सचेत हुनुपर्ने हो नि ट्राफिकले जाँच गरेन भने पनि ग्रिन स्टिकर छ भनेर चुप लागेर हिड्ने त सचेत नागरिक नै भएन नि ।’

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१