• २०८३ साउन १
  • 2026 July 17, Friday

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो ।बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको

सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।साथै,बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने छ ।