• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौ । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधबार राती शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो । मंगलबारदेखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ ।

घटना स्थलबाट शव निकाली पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ ।रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको छ भने अनुसन्धानको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।घटनाको एक दिन पहिला पनि दुबै जनाको झगडा भएको उनको बुहारीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।