• २०८३ साउन १
  • 2026 July 17, Friday

नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन्।

बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं ।

हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितीमा छ । कतिपय प्राकृतिक जोखिमहरु छन् । कतिपय मान्छेले बनाएको जोखिमहरु छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।