• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बाबुराम भट्टराई र साेविता गाैतमकाे भेट, वैकल्पिक राजनीतिबारे छलफल

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ।

सांसद गौतमले भट्टराई निवासमा पुगेर देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल गरेकी हुन्।

भेटबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले फेसबुकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’

भट्टराईले कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि यसअघि नै भेट गरेका थिए । भेटपछि उनले सरकारले नयाँ शक्तिहरूमाथि प्रतिशोध राखेको टिप्पणीसमेत गरेका थिए ।