पछिल्लो ५ महिनामा जनावरको आक्रमणमा परि ८३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो ५ महिनामा जनावरको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ ।

आ.व. २०८१।८२ को श्रावणदेखि मंसिरसम्ममा ८३ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

सर्पको आक्रमणमा परि मृत्यु हुने सबैभन्दा धेरै छन् । सर्पकाे टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५ सय ३२ जना घाइते भएका छन् । यस्तै हात्तीको आक्रमणमा परि ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बाघको आक्रमणमा परि ३ जना र गैडाको आक्रमणमा परि ४ जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट २४ जना घाइते हुँदा गैंडाको आक्रमणबाट १४ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ । भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् ।

२ सय ५४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । मानविय क्षति हुन नदिन प्रहरीले १ हजार ८ सय ३५ प्रहरी परिचालन गरेको छ । यो डाटा विगतको वर्षमा भन्दा धेरै भएकाले सर्तकता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१