• २०८३ साउन १
  • 2026 July 17, Friday

कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

काठमाडौं । २५ पुस, सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।

बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् ।‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भनिन् ।

राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् ।नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।