
काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सिमलचौरस्थित वीपी राजमार्गमा यात्रुबाहक टाटा सुमोमाथि तोडफोड भएको छ ।
बुधबार साँझ ६ बजेतिर भोजपुरबाट काठमाडौं आउँदै गरेको ना १ ख ६१७२ नम्बरको यात्रुबाहक सुमोमाथि तोडफोड भएको हो । काठमाडौं आउँदै गरेको उक्त सुमोलाई बनेपाबाट मंगलबारतर्फ जाँदै गरेका दुई वटा कारमा सवार युवाहरुले तोडफोड गरेका हुन् ।
यात्रु भित्रै रहेको अवस्थामा बाहिरबाट आक्रमण गर्दै सुमोको सिसा समेत फुटाइएको थियो ।तोडफोडमा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डीएसपी मिनबहादुर घलेले बताए । ‘११ जनालाई पक्राउ गरेका छौं ।