• २०८३ साउन १
  • 2026 July 17, Friday

स्थानिय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् ।

सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानिय सरकार भएको बताएकी हुन् ।उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ ।

तर स्थानिय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।